बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते
बैतडी | चैत २०, २०७९
बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका–५ तिलकपुरस्थित भिटा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा सोही ठाउँमा ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पञ्चेश्वरबाट देहीमाडौं जाँदै गरेको से १ ज २९५ नम्बरको जिप ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको थियो।
सो जिपमा चालकसहित १५ जना सवार थिए।
घाइते १४ जनामध्ये कुन्ती भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार गम्भीर घाइतेको थप उपचारका लागि जिल्ला अस्पतालबाट रेिफर गर्ने काम भइरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

